१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

माओवादीबाट गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बनेका उम्मेदवार नै एमाले प्रवेश

१६ वैशाख, नुवाकोट । रसुवा जिल्लामा माओवादीबाट गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बनेका उम्मेदवार नै एमाले प्रवेश गरेका छन । रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार तेन्जिङ छेसाङ बिहीबार एमाले प्रवेश गरेका हुन ।

नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य छेवाङ तेन्जिङ लामाका अनुसार पार्टी प्रवेश गर्ने तेन्जिङ गोसाईंकुण्ड गाउँपालिमा माओवादी केन्द्रका इन्चार्जसमेत हुन । उनीसँगै वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार छोङी तामाङ पनि एमाले प्रवेश गरेका छन ।

रसुवा सदरमुकाम रहेको गोसाईंकुण्ड गाउँपालिमा एमालेको राम्रो प्रभाव रहेको छ । यसअघिको चुनावमा पनि एमालेले भारी मतान्तरमा चुनाव जितेको थियो । माअोवादीको उम्मेदवारी फिर्ता लिएर उनीहरू एमालेको प्रचारमा बिहीबारबाट नै हिडिँसकेका छन ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०६:४२