१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नुवाकोटमा कांग्रेस परित्याग गर्नेक्रम अझै रोकिएन, शिवपुरी ३ का वडा अध्यक्ष एमाले प्रवेश

१५ वैशाख, नुवाकोट । नुवाकोटमा नेपाली कांग्रेस परित्यागको लहर नै चलेको छ । कतिपयले स्वतन्त्र बन्ने त कतिपयले पार्टी नै छाडेर फरक पार्टी रोज्नेकाम गरिरहेका छन । प्रभावशाली नेताहरूको जिल्ला भनेर चिनिएको नुवाकोटमा स्थानीय तहको निर्वाचनको उम्मेदवारको पूर्ण रूपमा टुंगो लागिसकेको अवस्थामा एक जना निर्वाचित वडा अध्यक्षले फेरि कांग्रेस छाडेका छन ।

शिवपुरी गाउँपालिका वडा नम्बर ३ लिखुका कांग्रेसका तर्फबाट निर्वाचित वडा अध्यक्ष रामहरि थापाले पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका हुन । उनीसँगै नेपाली कांग्रेसको पूर्व जिल्ला कमिटी सदस्य उमा थपा पनि एमाले प्रवेश गरेकी छिन । एमाले नेताहरूले बिहीबार उनीहरूलाई स्वागत गर्दै एमालेमा उचित जिम्मेवारी दिएर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १८:३२