८ असार २०८३, सोमबार | Mon Jun 22 2026

रूखमै मत दिन पाउनुपर्छ भन्ने कांग्रेस सांसद मल्ल पार्टीबाटै निस्कासित

१३ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य मल्ल समूहले काँग्रेस बीपीमा प्रवेश गरी स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेसँग गठबन्धन गरेको थियो । डडेल्धुरा देउवाको गृह जिल्ला हो । उनले कांग्रेसी जनाले रूखमै मत दिन पाउनुपर्छ भन्ने विषय जोडतोडका साथ उठाइरहेका थिए ।

प्रकाशित मिति : April 26, 2022 at 11:34 pm