किस्पाङमा कांग्रेसविरूद्ध एमाले र माओवादी एकजुट, अध्यक्षमा वीरबल, उपाध्यक्षमा अर्जुन
१३ वैशाख, नुवाकोट । स्थानीह तह निर्वाचनको विविधता देभैभर देखिएको छ । नेकपा एमालेकोविरूद्धमा देशैभर पाँच दलीय मोर्चाबन्दी रहेको छ । नुवाकोटमा पनि यस्तै रहेको छ । १२ पालिका रहेको नुवाकोटको एउटा पालिका किस्पाङमा भने एमाले र माओवादी मिलेर उम्मेदवारी दिएका छन । एमाले र माओवादीले इमान्दार ढंगले तालमेल गरेको र त्यसलाई जनताले अनुमोदन गर्ने उनीहरूले बताएका छन ।
एमालेबाट वीरबल तामाङ अध्यक्षमा र माओवादीबाट अर्जुन न्यौपाने उपाध्यक्षमा उम्मेदवार बनेका छन । दुबै सामाजिक छवी राम्रो भएका व्यक्ति हुन । न्यौपाने त्रिशुली अस्पतालको अध्यक्ष समेत हुन भने तामाङ कृषिमा नमुना काम गरिरहेका नेता हुन ।
यसअघि एमालेबाट कांग्रेस प्रवेश गरेर गाउँपालिकाको अध्यक्ष बनेका छत्र लामाले भ्रष्टाचारको साम्राज्य विस्तार गरेकाले किस्पाङको समृद्धिका लागि स्थानीयस्तरमा मिलेको र नमुना बनाउने र अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले बताएका छन । हजारौँको जुलशसहित उम्मेदवारी दर्ता गराएका उनीहरूले जनताको जीवनस्तर उकास्नका लागि काम गर्ने सपना रहेको बताएका छन ।
प्रकाशित मिति : April 26, 2022 at 11:50 am









