८ असार २०८३, सोमबार | Mon Jun 22 2026

इलामकाे सन्दकपुर गाउँपालिकामा एमालेका जिल्ला सचिवनै बागी उम्मेदवार

१२ वैशाख, इलाम । नेकपा एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराएका हुन् । सन्दकपुर गाउँपालिकामा एमाले उदय राईलाई टिकट दिएको छ ।

राईले सोमबार मनोनयन दर्ता गराएका छन् । गाउँपालिकाको निर्वातमान अध्यक्ष समेत रहेका राई नेकपा एमालेका उपाध्यक्ष हुन्, पार्टीले उपाध्यक्षलाई टिकट दिएपछि सचिव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका हुन् । गुरुङले सोमबारनै जिल्ला कमिटिको सचिवबाट राजीनामा दिएका छन् ।

गुरुङले एमालेको जिल्ला अधिवेशनमा प्रकाश अधिकारीलाई पराजित गर्दै सचिव निर्वाचित भएका थिए । सन्दकपुर गाउँपालिकामा वडाअध्यक्षमा समेत बागी परेको छ । योगेन्द्र राउतले बागी उम्मेदवार दर्ता गराएका छन् । त्यहाँ एमालेले निरोज राउतलाई वडाअध्यक्षको टिकट दिएको थियो । इलाम नगरपालिका ९ का शेरबहादुर खड्काले बागी दिएका छन् । त्यहाँ ललित चौहान एमाले आधिकारिक उम्मेदवार हुन् ।

प्रकाशित मिति : April 25, 2022 at 9:56 pm