८ असार २०८३, सोमबार | Mon Jun 22 2026

माओवादीले मनाङबाट खाता खोल्यो, चोल्पा गुरुङ वडा अध्यक्षमा निर्विरोध

१२ वैशाख, कास्की । नेकपा माओवादी केन्द्रले मनाङबाट खाता खोलेको छ । नेकपा माओवादी केन्द्रका नेता चोल्पा गुरुङ वडा अध्यक्षमा निर्विरोध भएका छन । मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार चोल्पा गुरुङ निर्विरोध निर्वाचित भएका हुन ।

सोमबार मनोनयन दर्ता गर्नेक्रममा गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। वडा सदस्यमा भने एमाले र कांग्रेसका उम्मेदवार पनि निर्विरोध भएका छन ।

प्रकाशित मिति : April 25, 2022 at 7:17 pm