८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नुवाकोटका १२ स्थानीय तहमा एमालेबाट उम्मेदवारी दिने यी हुन (सूचीसहित)

१२ वैशाख, नुवाकोट । नुवाकोटमा नेकपा एमालेका तर्फबाट स्थानीय तह निर्वाचनका लागि कतिपय  ठाउँमा पुरानै र धेरै ठाउँमा नयाँ अनुहारले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्तासम्म पुग्दा एमालेले निर्विवादित ढंगले उम्मेदवार छनौट गरेको छ ।

एमाललेले बेलकोटगढी नगरपालिकामा राजेन्द्र रामण खनाल र रूपा सापकोटा,  विदुर नगरपालिकालमा सञ्जु पण्डित र अम्बिका पौडेल नेपाल, तारकेश्वर गाउँपालिकामा रमेश वस्ती र कोपिला भट्ट रहेका छन । त्यस्तै ककनीमा काशिराज अधिकारी र लजिता लामा, लिखुमा मेघनारायण श्रेष्ठ र शान्ति राइ रहेका छन ।

त्यस्तै शिवपुरीमा जितेन्द्र विष्ट र मंगलमाया प्रजापति, पञ्चकन्यामा यमबहादुर थापा र उर्मिला भण्डारी रहेका छन । यस्तै तादी गाउँपालिकामा विजय खनाल र अस्मिता तामाङ्ग रहेका छन । किस्पाङमा वीरबल तामाङ र कुमारी मोक्तान, दुप्चेश्वरमा योविन्द्रसिंह तामाङ र सरस्वती थापा रहेका छन । सूर्यगढी गाउँपालिकामा राजेन्द्र रिजाल र गंगा आचार्य रहेका छन ।

प्रकाशित मिति : April 25, 2022 at 5:41 pm