८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र तामाङद्धारा कांग्रेस परित्याग, एमाले प्रवेशको तयारी

१२ वैशाख, नुवाकोट । नेपाली कांग्रेसबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका नेता योविन्द्रसिंह तामाङले कांग्रेस परित्याग गरेका छन । तामाङसहित कांग्रेसको गाँउ कमिटीका सभापति सुशील खड्कासहितका अन्य नेताले पनि पार्टी परित्याग गरेका छन् । कांग्रेसले गलत निर्णय गरेको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन ।

तामाङ नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको र त्यस विषयमा कुराकानी भैरहेको एमाले नेताहरूले बताएका छन । तामाङ एमाले प्रवेश गर्दा एमालेको दुप्चेश्वरमा देखिएको विवाद तत्कालका लागि हल समेत हुनेछ । तामाङ एमाले प्रवेश गरे उनैलाइ टिकट दिने तयारी एमाले नेतृत्वले गरेको छ । त्यसपछि एमाले नेताहरू अहिले छलफलमा रहेका छन् ।

प्रकाशित मिति : April 25, 2022 at 11:01 am