८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

कांग्रेसको धोकापछि नुवाकोटमा माओवादी र समाजवादीको गठबन्धन (सहमतिपत्रसहित)


१२ वैशाख, नुवाकोट । नुवाकोटमा कांग्रेसले धोकादिएपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको बीचमा गठबन्धन भएको छ । जिल्लाभर मुस्किलले सात सय मत अनुमान गरिएको समाजवादीसँग गठबन्धन गर्दै ९ वटा पालिकामा तालमेलको सहमतिमा हस्ताक्षर गरेको छ ।

माओवादीले समाजवादीका लागि जिल्लाको शिवपुरी गाउँपालिकामा प्रमुख र ककनी र सूर्यगढीमा उपप्रमुख दिएको छ । बाँकी पालिकाका वडा सदस्यमात्र समाजवादीले पाउने सहमतिमा उल्लेख गरिएको छ ।

सहमतिमा माओवादीबाट विमला सुवेदी, हिरानाथ खतिवडा र पुष्प लामिछाने हस्ताक्षर गरेका छन भने समाजवादीबाट राजेन्द्रप्रकाश लोहनी, सूर्य कडेँल र गोविन्द नेपालीले हस्ताक्षर गरेका छन । कांग्रेसले गठबन्धनको नाममा छलफल गरेर अलमल्याउने मात्र काम गरेको भन्दै माओवादी र समाजवादीले छुट्टै गठबन्धन गरेका हुन ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ०९:४१