८ असार २०८३, सोमबार | Mon Jun 22 2026

माओवादीले ठूलो भाग खोज्दा नुवाकोटको बेलकोटगढीमा गठबन्धन तोडियो

११ वैशाख, नुवाकोटमा । नुवाकोटको बेलकोटगढीमा नेकपा माओवादी केन्द्रले ठूलो भाग खोजेपछि नेपाली कांग्रेससँग भएको गठबन्धन तोडिएको छ । मेयर पाएर पनि वडा अध्यक्षमा बढी नै मागेपछि माओवादीसँग सम्बन्ध बिच्च्छेदको अवस्थामा पुगेको नेपाली कांग्रेसका नगरसभापति लेखनाथ मुडभरीले जानकारी दिए ।

उनले दुबै पार्टी अब सिंगल सिंगल भिड्न तयार भएको जानकारी दिए । कांग्रेसले माओवादीका लागि ४ वडा दिन तयार भए पनि माओवादीले त्यो भन्दा बढी मागेपछि समस्या भएको बुझिएको छ ।

कांग्रेस सभापति मुडभरीले एक्ला एक्लै चुनावमा जाने अवस्था भएकाले तयार रहन भन्दै सबै कार्यकर्ताका लागि सामाजिक सञ्जालबाट अपिल गरेका छन । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष शिव प्रसाद पौडेलले पनि सिंगल सिंगल  लड्ने अवस्था आएको र त्यसको तयारीमा रहन भन्दै कार्रयकर्तामा अपिल गरेका छन ।

प्रकाशित मिति : April 24, 2022 at 10:20 pm