१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

मेयरमा दाबी गरेका पत्रकारले कांग्रेस उम्मेदवारकाे कुटाइ खाए

११ वैशाख, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका मेयरमा दाबी गरेका पत्रकार रोशन पाण्डेले नेपाली कांग्रेसका उम्मेदवारको कुटाइ खाएका छन । पाण्डे पनि नमोबुद्धको कांग्रेस नेता नै हुन । पाण्डेमाथि काभ्रेका कांग्रेसका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामाले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

पाण्डे गणेश लामा निकटको र उम्मेदवार लाम तीर्था लामा निकटका व्यक्ति हुन । टिकट विवादमा भनाभन हुँदा मेयरमा उम्मेदवारले पाण्डेमाथि कुटपिट गरेको बुझिएको छ । कुटपिटबाट घाइते भएका पाण्डेको अहिले काभ्रेकै शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : April 24, 2022 at 9:30 pm