८ असार २०८३, सोमबार | Mon Jun 22 2026

अमरगढीमा वडाध्यक्षका लागि दुई जनाको स्वतन्त्र उम्मेदवारी दर्ता

११ वैशाख, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–१ को वडाध्यक्षका लागि सुरत तमोलीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर तमोलीले वडाअध्यक्ष पदमा स्वतन्त्र मनोनयन दर्ता गराएका हुन् ।

२२ वर्षीय तमोली विगत लामो समयदेखि विभिन्न अभियान सञ्चालन गरिरहेका छन्। उनले अमरगढी १ बाट निकै राम्रो मत पाएर जित्ने दाबी गरेका छन्। यस्तै पदम रोकायाले पनि अमगढी– ९ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : April 24, 2022 at 8:19 pm