१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

११ वैशाख, काठमाडाैं । मेलम्ची खानेपानी आयाेजनाकाे पानी आइतबारबाट काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति राेकिएकाे थियाे । सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएकाे हाे ।

प्रकाशित मिति : April 24, 2022 at 11:18 am