२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

पाल्पा कांग्रेसमा विद्रोह, तिन गाउँपालिकाका सभापतिदेखि सदस्यसम्म सबैले राजिनामा दिए

११ वैशाख, पाल्पा । स्थानीय तह निर्वाचन सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना बिपरित निर्णय गरेको भन्दै नेपाली काँग्रेस पाल्पाको तिनाउ गाउपालिकाका सभापति सहितका सबै पदाधिकारीले पार्टीबाट राजिनामा दिएका छन्।

पार्टीले गठबन्धनका नाममा लोकतान्त्रीक बिधी मिचेको भन्दै तिनाउ गाउपालिका सभापति सहीत सबै वडा सदस्यहरुले राजीनामा बुझाएका हुन्।

पार्टीले कार्यकर्ता र मतदाताको भावना बुझेन यसरी गठबन्धन जोगाउने नाममा तिनाउ गाउपालिकामा कांग्रेसलाई रित्तै बनाउन खोजियो त्यसैले पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका हौं तिनाउ गाउपालिका सभापति प्रेम पाण्डेले भने।

लामो समयदेखि नेपाली काँग्रेसको राजनीति गर्दै आएका पाण्डे गाउपालिका प्रमुखका आकांक्षी थिए।तर गठबन्धन बिच सहमती हुदा उक्त पालिका नेकपा माओवादी केन्द्रका भागमा परेपछि उनीरु असन्तुष्ट भएका हुन।

हामी प्रजातान्त्रिक पार्टीका मान्छौं हो कसैको दासत्व स्वीकार गर्न सक्दैनौं पार्टीले स्थानिय अवस्थाको बस्तुनिष्ट बिश्लेषण नगरी पालिका प्रमुख माओवादीलाई सुम्पने काम गर्यो त्यसकारण राजिनामा दिएका हौं पाण्डेले भने।

पाण्डेले आफुहरुले अव स्वतन्त्र ढंगले उम्मेदवारी दिने तयारी गरेका छौं साथीहरु संग छलफल गरि रहेका छौं उनले भने।

प्रकाशित मिति : April 24, 2022 at 11:38 am