१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

नुवाकोटको बेलकोटगढीमा एमालेबाट मेयरमा राजेन्द्ररमण खनाल र उपमेयरमा रूपा सापकोटा

११ वैशाख, काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा एमालेबाट मेयरमा राजेन्द्ररमण खनाल उम्मेदवार हुने भएका छन । नेकपा एमाले नुवाकोटको सिफारिसका आधारमा पार्टीको प्रदेश कमिटीले खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै एमालेले बेलकोटगढी नगरपालिकको उपमेयरमा रूपा सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । खनाल एमालेको बागमती प्रदेश कमिटीका सदस्य हुन भने सापकोटा बेलकोटगढी नगर कमिटीको अध्यक्ष हुन ।

खनाल र सापकोटा दुबै २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेको तर्फबाट उम्मेदवार रहेका थिए । मेयरमा खनाल विजयी भए पनि उपमेयरमा सापकोटा थोरै मतान्तरमा पराजित भएकी थिइन ।

प्रकाशित मिति : April 24, 2022 at 7:25 am