१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

रसुवामा एमालेले टुंग्यायो गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार

१० वैशाख, रसुवा । नेकपा एमालेले रसुवामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुङ्ग्याएको हो ।

एमाले रसुवाका सचिव जनार्दन ढकालका अनुसार गोसाईकुण्ड गाउँपालिकाको अध्यक्षमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ, कालिका गाउँपालिकाको अध्यक्षमा कमलनाथ आचार्य, उपाध्यक्षमा अम्बिका भट्ट पौडेल, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा, उपाध्यक्षमा चन्द्र बहादुर तामाङ र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा तेब्रेल तामाङ र उपाध्यक्षमा नवीना लार्मा चयन भएका छन् ।

रसुवामा पाँच वटा गाउँपालिकाअन्तर्गत २७ वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले कालिका र गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्ष र पाँचवटै गाउँपालिकामा उपाध्यक्षमा जितेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार १३:२०