एउटा सहमतिले खुशी दिएपनि जिल्लाको रिपोर्टिङले दुःखित बनाएको छः माधव नेपाल
१० वैशाख, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रमा भएको एउटा सहमतिले खुशी दिए पनि जिल्ला जिल्लाका रिपोर्टिङ सुन्दा दुखित बनाएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले महानगर र उपमहानगरमा राम्रो हैसियत पाएको भए पनि जिल्ला जिल्लामा पेल्ने काम भएको र त्यो सैह्य नहुने बताए ।
राष्ट्रिय खेलकुद परिषाद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनाललाई पार्टीमा स्वागत गर्दै उनले एमालेका सबै नेतालाइ विद्रोह गरेर आफूतिर आउँन आग्रह गरे । उनले तिमल्सिना आउने बित्तिकै केपी ओलीको एउटा खुट्टा भाँचिएको जस्तो भएको र अर्कोले पनि अब काम नगर्ने बताए ।
प्रकाशित मिति : April 23, 2022 at 10:58 am









