एमालेले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको टुंगो आज लगाउने
१० वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठक आब्हान गरेको छ । आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि एमालेले अपरान्ह ३ बजे अध्यक्ष केपी शर्मा अोलीको घरमा सचिवालयको बैठक बोलाइएको छ ।
नेकपा एकालेका केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीका अनुसार ३ बजे बस्ने बैठकले मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाउने छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली देखी उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।
प्रकाशित मिति : April 23, 2022 at 10:24 am









