१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ओलीले हिरा छाडेर किरा जम्मा गरेकाले एमाले छाँडेः राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना

१० वैशाख, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनाले पनि नेकपा एमाले छाडेका छन । पछिल्लो समय राजनीतिक रूपमा कमै सक्रिय देखिएका तिमल्सिना शनिबार बिहान एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेर पार्टी प्रवेश गरेका हुन ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै हिराहरू छाडेर किराकोमात्र जमात जम्मा गरेकाले आफूले एमाले छाडेको बताए । उनले खेलाडीहरूको रक्षा र हितका लागि आफूले काम गर्ने बताए । उनले माधवकुमार नेपालले यसअघि राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा आफूलाइ नियुक्ति गरेको पनि सम्झिए । उनले पछिल्लो समय धेरै अफ्ठेरोमा ओलीलाइ सहयोग गरेको भए पनि त्यसो उचित मूल्यांक हुन नसकेको बताए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार ०९:४३