महानगरका उम्मेदवार चयन गर्न बोलाइएको काँग्रेस बैठक अचानक स्थगित
९ वैशाख, काठमाडाैँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारीका सम्बन्धमा आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक अचानक स्थगित गरेर भोलि ११ बजेका लागि बाेलाइएकाे छ ।
नेताहरुको व्यस्तताका कारण बैठक सरेको बताइएकाे छ । काँग्रेसले महानगरपालिका मेयर र उपमेयरका उम्मेदवार चयनका लागि बैठक बोलाएको थियो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि कार्यसम्पादन समिति बैठक स्थगित गरिएको बताइएकाे छ ।
प्रकाशित मिति : April 22, 2022 at 3:56 pm









