७ असार २०८३, आइतबार | Mon Jun 22 2026

माओवादी केन्द्रका केन्द्रीय सदस्य देवकोटा र पूर्व राजदूत शेर्पासहितकाे टाेली एमालेमा प्रवेश

९ वैशाख, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा एमालेमा प्रवेश गरेका छन् । माओवादीको सहकारी विभागका प्रमुख समेत रहेका देवकोटा कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।

यसैगरि माओवादीकी पूर्व केन्द्रीय सदस्य तथा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा, कास्कीको लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल, माओवादीकी पूर्व केन्द्रीय सदस्य बेली तामाङ, सागर ढकालसहितको टोली एमालेमा प्रवेश गरेको छ । सोही कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका जुम्ला जिल्ला पूर्व अध्यक्ष धनबहादुर थापासहितको टोली पनि एमालेमा प्रवेश गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी, महत्वाकाक्षी, नीतिगत तथा सांगठानिक अराजकता एवं दलाल नोकरशाही, अस्थिर राजनीतिक चरित्रका कारण देशमा दक्षिणपन्थी, पूँजीवादी शक्तिको पिछलग्गुको रुपमा कम्युनिस्ट आदर्शविपरीतका कदमप्रति पूर्णतः असहमति रहेकाले पार्टी त्याग गरेको उनीहरूले घोषणा गरेका छन् ।

प्रकाशित मिति : April 22, 2022 at 3:14 pm