१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

विराटनगर महानगरकाे मेयर उपमेयरमा जसपाबाट आठजनाको नाम सिफारिस

९ वैशाख, विराटनगर । जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा आठजनाको नाम सिफारिस गरेको छ । गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाए पनि जसपाले पनि मेयर र उपमेयर भन्दै आठजनाको नाम सिफारिस गरेको हो ।

गठबन्धनमा जसपाले विराटननगरको उपमेयर पाएको छ । शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम समावेश गरिएको छ । जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम पनि राखिएको छ ।

अमरेन्द्रसहित भुराज राई, डा.रामविलास यादव, मो.नसरूल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम मेयर र उपमेयरमा सिफारिस गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्र्वाचनको ११ र १२ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १३:०७