कम्युनिस्ट पार्टी स्थापनाकै दिन कांग्रेससहितका लागि प्रचण्डले भोट मागे (विज्ञप्तिसहित)
९ वैशाख, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी स्थापनाकै दिन नेपाली कांग्रेससहितका दलको गठबन्धनका लागि मत मागेका छन । स्थापना दिवसको शुभकामना दिन जारी गरेको प्रचण्डको विज्ञप्तिामा वाम–लोकतान्त्रिक गठबन्धनका लागि मतदिन अपिल गरिएको छ ।
६० प्रतिशत भन्दा बढी स्थानीय तहमा नेपाली कांग्रेसले नेकपा माओवादीको मत लिँदै छ । बाँकी ४० प्रतिशतमा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका लागि नेतृत्व दिने सहमति छ । कम्युनिस्ट पार्टी स्थापना दिवसका दिननै प्रचण्डले गठबन्धनका लागि भोट मागेपछि धेरै आश्चर्य प्रकट गरेका छन । कांग्रेसले भने आफूहरू कमजोर रहेको पालिकामा मात्र गठबन्धन गर्ने नीति अख्तियार गरेको छ ।
दाहालले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताएका छन । उनले भनेका छन, “आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र जनसमुदायमा विशेष अपिल गर्दछु ।”

प्रकाशित मिति : April 22, 2022 at 9:59 am









