एमालेको घोषणापत्र भोलि, तीन महानगर र ११ उपमहानगरको उम्मेदवारको टुंगो पर्सी
८ वैशाख, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार गर्ने भएको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बिहीबार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे छलफल भएको र यस बिषयमा आगामी बैठकले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
गुरूङले सातवटै प्रदेश कमिटीले गरेको सिफारिसका नाममा नै छलफल भएको बताए । गुरुङले भरतपुर महानगरबाट विजय सुवेदी, बीरगंजबाट बिजय सरागवी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाममात्र सिफारिस भएको बताए ।
पोखराबाट १२ जनाको नाम आएको भन्दै उनले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने बताए । गुरुङले शुक्रबार एमालेको कार्यालय तुलसीलाल स्मृति भवनमा उद्घाटन गरिने र घोषणा पत्र पनि सार्वजनिक गर्ने जानकारी दिए । त्यस्तै शुक्रबार नै १७ जना कम्युनिष्ट नेताहरुलाई एमालेले सम्मान गर्ने उनले बताए ।
प्रकाशित मिति : April 21, 2022 at 7:01 pm









