७ असार २०८३, आइतबार | Mon Jun 22 2026

कार्यकर्तालाई ओलीको निर्देशनः भूलेर पनि प्रतिनिधिसभा विघटन गलत थियो नभन्नु

८ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले खराव प्रवृतिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनाएको बताएका छन । बिहीबार काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको र यसले कांग्रेसलाई नै सिद्धाउने बताए ।

पाँच दलीय गठबन्धन राजावादी राप्रपालाई लिएर ६ दलीय गठबन्धन भइसकेको र यसको उदेश्य एमाले र ओलीप्रति लक्षित भएको उनले बताए । त्यस्तै ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरुलाई निर्देशन दिए ।

प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको उनको भनाइ छ । ओलीले एमालेले हरेक समयमा ठिक निर्णय गर्दै अघि बढेको बताए । उनले परमादेशबाट बनेको सरकारलाई जनादेशबाटै हटाएर सिंहदरबार फर्किने बताए । कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरुलाई सपथ खुवाइएको थियो ।

प्रकाशित मिति : April 21, 2022 at 6:28 pm