९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

आक्रामक चुनावी अभियानमा चौलागाई, १ सय बढी एमाले प्रवेश

८ वैशाख, सिन्धुली । नेकपा एमालेबाट कमलामाई नगरपालिका वडा नं. ९ भिमान क्षेत्रको वडा अध्यक्षको सर्वसम्बत उमेदबार बनेका राजु चौलागाईले १५ दिन चुनावको प्रचार प्रसार गरिसके यो विचमा उनले एक सय भन्दा बढि कांग्रेस माओवादीको नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका छन् ।

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य लडेका चौलागाई कांग्रेसबाट देश विकास नहुने भन्दै एमालेमा प्रवेश गरेका थिए । उनि एमालेमा प्रवेश मात्र गरेनन पार्टीले उनलाई वडा अध्यक्षको सर्वसम्बत टिकट नै दियो । टिकट पाएपछि चौलागाईले सबैभन्दा धेरै आक्रमण नेपाली कांग्रेस माथि नै गरेका छन् । कांग्रेसका नेता कार्यकर्तालाई निरन्तर एमालेमा प्रवेश गराई रहेका छन् ।

चौलागाईले सन्तोष, खड्का, रुद्र गौतम, दिनेश दनुवार, इच्छा वहादुर मगर, बाशु ढुङ्गेल, फत्तलाल गिरि, रामु मगर, कुमार मगर, बुद्ध मगर, श्याम मगर, राजेन्द्र बुढाथोकी, सुरेन दनुवार, निशा दनुवार, पशुपति चौलागाई, बिक्रम माझी, राम माझी लगायत १ सय २५ भन्दा बढि माओवादी र कांग्रेसका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका छन् । नव प्रवेशीहरुले तीन सय भन्दा बढि मत प्रभावित पार्न सक्छन् ।

गत स्थानीय तह निर्वाचनमा झिनो मत अन्तरले वडा अध्यक्ष जितेको एमाले यो पटक चौलागाईको चु्नावि अभियानले मत अन्तर फराकीलो पार्नेमा ढुक्क छ । वडामा माओवादी केन्द्र निकै कमजोर भएकाले पनि एमाले चौलागाईको नेतृत्वमा वडा जित्नेमा ढुक्क भएको हो ।

गत स्थानीय तहको निर्वाचनमा वडा नं. ९ भिमानमा माओवादीले १ सय ९२ मतको लज्जास्पद हार बेहोरेको थियो जव की एमाले उमेदबार देवराज पौडेलले ९ सय ७० मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका दिवाकर पौडेलले ९ सय ६६ मत, ४ मतको अत्यन्तै साघुरो जित निकालेको एमालेले यो पाँच वर्षमा भिमान क्षेत्रलाई निकै प्राथमिकतामा राखेर विकास निर्माणका गतिविधिहरु अगाडि बढायो । पालिकाको उपमेयर मन्जु देवकोटा भिमानकै स्थानीय भएका कारण पनि वडा नं. ९ ले केहि विशेष प्राथमिकता नगरको बजेटमा पायो ।

विशेष गरि किसानहरुलाई कृषि यन्त्र उपकरण, मल विऊ, सिंचाई सडक र विद्युतिकरणमा नगरले गरेको योगदान उल्लखनीय रह्यो । वडा भित्र पर्ने सडकको सुधार, विद्यालयहरुको भौतिक सुधार, खेलकुदका गतिविधि, युवाहरुलाई प्रोत्साहन र सहयोग विशेष रह्यो । यि सबैको फाईदाको गुन भिमान वासिले अहिले चौलागाईलाई वडा अध्यक्षमा मतदान गरेर तिर्नेमा सबै एमाले पार्टी पंत्ति ढुक्क छन् ।

चौलागाईले अन्य पार्टीबाट गराएको प्रवेश र नगरापालिकाले पाँच वर्षमा भिमान क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर गरेको कामको प्रतिफल स्वरुप यो पटक एमालेले फराकीलो जित सहित विजय हासिल गर्ने एमालेका नेताहरु बताउछन् । दलहरु गठबन्धन गरेर आएपनि वडामा माओवादीको मत खासै नभएकाले एमालेले कांग्रेसलाई थप कमजोर बनाएका कारण जित सुनिश्चत देखिन्छ ।

भिमान क्षेत्रमा अहिले शहिद ऋषिराज देवकोटा आजका पुत्र सुवास देवकोटा समेत भुगोलमै बसेर सक्रिय राजनीतिमा भएका कारण पनि मत प्रभावित हुने देखिन्छ । काठमाण्डौमा सञ्चार कर्ममा रहेका देवकोटा पछिल्लो समय एमालेको केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला सह–इन्चार्ज भएपछि जिल्लाको राजनीतिमा बढि सक्रिय छन् । एमालेले यि सबैको फाईदा उठाउदै गठबन्धन नै भएपनि वडा नं. ९ भिमान सजिलै जित्ने आधार तयार पारेको छ ।

प्रकाशित मिति : April 21, 2022 at 4:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/