नेपालगञ्ज उपमहानगरपालिकामा जसपाले गठबन्धनको विरूद्धमा बागी उम्मेदवारी दिने
८ वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी(जसपा) नेता मोहम्मत इस्तियाक राईले गठबन्धनबाट नेपालगञ्ज उपमहानगरपालिका मेयर नदिए बागी उम्मेदवारी दिने बताएका छन । सत्ता गठबन्धनबाट मेयर नेपाली काँग्रेसको भागबण्डामा परेपछि राईले मेयरमा बागी उम्मेदवारी दिने चेतावनी दिए ।
‘जसपा बाँके जिल्ला अध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिका मेयर उम्मेदवारले पार्टीको निर्णय सच्याउन बिहान १० बजेसम्मको म्याद दिनु भएको छ। यदि गठबन्धनले गरेको निर्णय नसचिएमा पार्टीबाट राजीनामा दिएर बागी उम्मेदवारी दिने भन्नु भएको छ’ उनले भने, ‘मैले यस क्षेत्रबाट प्रतिनिधित्व गर्छु। उनै नेता कार्यकर्ता, मतदाता र शुभचिन्तकबाट सांसद हुँ र देशको नेता भएको छु। त्यसमा मेरो पूर्ण सहमति हुने छ।’
आफूलाई जिताएका नेता कार्यकर्ता र शुभचिन्तक नै नभए पार्टीको निर्णय मात्रै मानेर जाने अवस्था नरहेको राईले जिकिर गरे ।
प्रकाशित मिति : April 21, 2022 at 10:24 am









