असन्तुष्टि लोकतन्त्रको सुन्दरता हो, हामी चुनाव जित्छाैँः अध्यक्ष प्रचण्ड
८ वैशाख, कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि लोकतन्त्रको सुन्दरता भएको बताएका छन । धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘धेरै थोरै असन्तुष्टिको कुरा सुनिनु लोकतन्त्रको सुन्दरता हो । यसले परिणाम परक पर्दैन । उनीहरू शान्त हुन्छन् । गठबन्धनले लोकतन्त्रको रक्षाको लागि गरेको रहेछ भन्ने बुझ्छन्।’
उनले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने विश्वाससमेत व्यक्त गरे । प्रचण्डले निर्वाचनलाई स्वच्छ निष्पक्ष र धाँधलीरहित बनाउनुपर्नेमा जोड पनि दिए । प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच गम्भीर ढंगले सल्लाह भएको र सोही अनुसार मन्त्रिपरिषद्बाट निर्णय भएको बताए ।
प्रकाशित मिति : April 21, 2022 at 9:36 am









