७ असार २०८३, आइतबार | Mon Jun 22 2026

महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

८ वैशाख, काठमाढाैँ । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न आज दिउँसो बस्ने बैठक बस्न लागेकाे हाे ।

सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको हाे । बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने बताइएकाे छ । एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते एकैपटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

 

प्रकाशित मिति : April 21, 2022 at 8:35 am