१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

निर्वाचन चिन्ह अंकित टिसर्ट, टोपी बेचे १ लाखसम्म जरिवाना गर्ने निर्वाचन आयोगको चेतावनी

७ वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामाग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह गरेको छ ।

आयोगको अनुरोधलाई बेवास्ता गरी यदी कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था रहेको आयोगले जनाएको छ ।

आयोगले साङ्केतिक सामाग्री लगायतका प्रचार सामाग्रीहरु उत्पादन तथा बिक्रि वितरण भइराखेको भन्ने आयोगलाई सूचना प्राप्त भएकोले त्यस्ता सामाग्रीको उत्पादन तथा विक्रिवितरण गर्ने कार्य तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनैपनि उत्पादन नगर्न नगराउनका लागि परिपत्र गरी सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : April 20, 2022 at 9:28 pm