६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

गभर्नर अधिकारी काममा फर्किए, अर्थमन्त्रीको निद हराम


७ वैशाख, काठमाडाैँ । सर्वोच्चको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन । मंगलबार सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन सरकारको नाम अल्पकालीन आदेश जारी गरेपछि अधिकारी बुधबारबाट नियमित काम फर्किएका हुन । राष्ट्र बैंक पुग्दा कर्मचारीहरुले अधिकारीलाई भव्य स्वागत गरेका थिए ।

काममा फर्किएपछि गभर्नर अधिकारीले आफुले सिष्टमका लागि आवाज उठाएको भन्दै यसमा सवैले साथ दिएको धारणा राखे । राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय व्यक्ति नभई संस्था भएकोले विभिन्न घटना– परिघटनाले यस्तो परिस्थिति ल्याउने र आफु आग्रह, पूर्वाग्रहबिना काम गर्ने उनले बताए ।

यसअघि अर्थमन्त्रालयले अधिकारीमाथि छानविन समिति गठन गरेपछि निलम्वनमा परेका थिए । त्यसपछि सर्वोच्च गएका अधिकारीलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको थियो । गभर्रनर काममा फर्किएपछि अर्थमन्त्री जनार्दन शर्माको भने निद हराम भएको छ । पाँच महिनादेखि गभर्नरसँग टसल गरेर निकालेका उनका लागि गभर्नरसँग समन्वय थप चुनाैतिपूर्ण बनेको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १४:१४