१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नुवाकोटको तादी गाउँपालिकामा माओवादीका तर्फबाट सर्वसम्मत उम्मेदवार चयन

६ वैशाख, नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट सर्वसम्मत उम्मेदवार चयन भएको छ । तालमेलको तयारी भैरहेको भए पनि सहमति नभैसकेको अवस्थामा माओवादीले आफ्ना उम्मेदवार सिफारिस गर्न थालेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र तादी गाउँपालिकाको तर्फबाट अध्यक्षमा किरण रिजाल र उपाध्यक्षमा सन्जु श्रेष्ठ प्याकुरेल सर्वसम्मतरुपमा सिफारिस भएका छन । तालमेल भएको अवस्थामा भने तादीमा माओवादीको दाबी नै अस्वभाविक बन्छ।

पाँचदलीय गठबन्धनले २०७४ को स्थानीय तहमा विजयी भएका पालिकामा सम्बन्धित दल नै नेतृत्व लिने मापदण्ड बनाए अुनसार तादीको नेतृत्व कांग्रेसकै हुन्छ । यद्यपी माओवादीले आफ्ने उम्मेदवार सिफारिस गरेको छ । यसअघि माओवादीले विदुरबाट प्रभा बोगटीलाइ मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : April 19, 2022 at 8:20 pm