१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

गठबन्धनका शीर्ष नेताको बीचमा भागवण्डा मिल्यो, समाजवादीलाई पोखराको मेयर

६ वैशाख, काठमाडौँ । पाँच ललीय गठबन्धनका शीर्ष नेताहरूको बीचमा भागवण्डा मिलेको छ । मंगलबार भएको छलफलमा शीर्ष नेताहरूको बीचमा सहमति जुटेको हो । भागवण्डमा जुटेको सहमति अनुसार कांग्रेसले काठमाडौँसहित तीन महानगरको नेतृत्व पाएको छ भने बाँकी तीन दलले एक/एक महानगरको नेतृत्वमा उम्मेदवारी दिनेछन ।

काठमाडौँबाहेक कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिकाको नेतृत्व पाउने सहमति भएको छ । माओवादी केन्द्रले भरतपुर र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको नेतृत्व पाउनेछ । समाजवादीले पोखराको मेयरमा धनराज आचार्यलाइ उम्मेदवार बनउने तयारी गरेको छ । त्यस्तै वीरगञ्ज महानगरपालिकाको नेतृत्व जसपाले पाउनेछ । मंगलबार साँझसम्ममा ११ उपमहानगरपालिका र ६ महानगरपालिकाको उम्मेदवारीको टुंगो लगाउने र सहमति सार्वजनिक गर्ने नेताहरूले बताएका छन ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १६:३१