१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नुवाकोट ककनीका नेकपा समाजवादीका अध्यक्ष जिसी एमालेमै फर्किए

६ वैशाख, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एमालेमै फर्किएका छन ।  समाजवादीका नुवाकोट जिल्ला सचिवालय सदस्य एंव ककनी गाउँ कमिटीका अध्यक्ष कृष्ण बहादुर जिसी एमालेमै फर्किएका हुन ।

समाजवादी पार्टी भनेको चोरहरुको सञ्जाल र खरानी पार्टी भन्दै उनी एमालेमै फर्किएको एमाले नेता समिर बलामीले जानकारी दिए । बलामीका अनुसार नुवाकोटको बट्टारमा आयोजित ऐतिहासिक जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र खादा ग्रहण गर्दै जिसी एमालेमै फर्किएका हुन ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १३:२८