१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

महिला हिंसा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले पत्रकार चैलागाईलाई मोसो दले

५ वैशाख, काठमाडाैँ । महिला हिंसा बन्द गर भन्दै सोमबार बागबजारको होटल हार्दिकमा एक जना पत्रकारको अनुहारमा मोसो दलिएको छ । काभ्रेका पत्रकार नकुल चाैलागाई जो जनपत्रकार संगठन काभ्रेका अध्यक्ष समेत हुन उनीमाथि बागबजारको होटल हार्दिकमा नेकपा विप्लव निकटका विद्यार्थी नेतृहरूले मोसो दलेका हुन । चाैलागाई इ रातो खबरका संवाददाता हुन ।

अनेरास्ववियु क्रान्तिकारी बागमती प्रदेशको छात्रा विभागकी संयोजक तारा सञ्ज्यानले चौलागाइमाथि गम्भीर प्रकारका आरोप लगाउँदै यो सांकेतिक कारबाहीमात्र गरिएको भन्दै विज्ञप्ति ने जारी गरेकी छिन ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार २३:०३