स्थानीय चुनाव सारे प्रतिवाद गर्ने एमालेको निर्णय
५ वैशाख, काठमाडाैँ । नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोप लगाएको छ । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालाकोटमा बसेको सचिवालय बैठकले चुनाव रोक्न खोजिए प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।

“वर्तमान सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको भन्ने आभास हामीलाई भएको छ । त्यसको हामी कडा प्रतिवाद गर्छौं, विरोध गर्छौं । कुनै पनि हालतमा चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्छौं,” एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने ।
बैठकले समानुपातिकमा नाम रहेका नेताहरुकोे नाम फिर्ता लिने निर्णय पनि गरेको छ । सचिवालय बैठकले कतिपय वडा र नगर कमिटीहरुले समानुपातिकमा रहेका नेताहरुको समेत स्थानीय तहको उम्मेद्वारको रुपमा सिफारिस गरेकोले त्यस्ता नेताको फिर्ताको निर्णय भएको गुरूङले बताए ।
प्रकाशित मिति : April 18, 2022 at 10:33 pm









