७ असार २०८३, आइतबार | Mon Jun 22 2026

भागबन्डा नमिलेपछि हुम्लामा पनि भत्कियो गठबन्धन

५ वैशाख, हुम्ला । हुम्लामा पनि सत्तारुढ गठबन्धन भत्किएको छ । हुम्लामा स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि सत्तारुढ गठबन्धन भत्किएको हाे ।सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले छुट्टाछुट्टै तर स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् ।

स्थानीय तहको नेतृत्व कसले बढी लिने भन्नेमै कुरा अड्किएपछि स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति भएको हाे । सातवटा स्थानीय तह रहेको हुम्लामा ०७४ को निर्वाचनमा माओवादीले चार पालिकाको अध्यक्ष, एक उपप्रमुख र १८ वडाध्यक्षसहित एकसय पदमा जितेको थियो । यस्तै कांग्रेसले दुई गाउँपालिका प्रमुख, एक उपप्रमुख ११ वडाध्यक्षसहित ७६ पदमा जितेकाे थियाे भने एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा चित्त बुझाएको थियो ।

प्रकाशित मिति : April 18, 2022 at 3:50 pm