नेकपा एमालेको सचिवालय बैठक बस्दै
५ वैशाख, काठमाडाैँ । स्थानीयतह निर्वाचनको तयारीमा जुटिरहेको नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीका अनुसार सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ । सचिवालय बैठक अघि आजै ११ बजे केन्द्रीय कार्यालयको बैठक पनि बस्ने तय भएको अधिकारीले जानकारी दिए ।
केन्द्रीय कार्यालयको पार्टी कार्यालयमा बस्नेछ । ‘आजको सचिवालय बैठकमा वैशाख ९ गते जारी गर्ने गरी घोषणपत्र मस्यौदा समितिले स्थानीयतह निर्वाचनका लागि तयार पारेको घोषणापत्रका बारेमा छलफल हुन्छ,’ अधिकारीले भने, ‘त्यसैगरी बैठकमा देशभरी नै उम्मेदवार छनोटका अवस्था कस्तो छ भन्ने विषयमा पनि छलफल हुने तयारी छ ।’

प्रकाशित मिति : April 18, 2022 at 10:35 am









