१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

धादिङमा पहिराले तीन घर पुरियो

१ भदौ,धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ छापथोकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएको छ ।

स्थानीय देवबहादुर आले, तालबहादुर आले र टीकाबहादुर आलेको घरमाथिबाट आएको पहिरोले पुरिएर उनीहरुको घर पूर्णरुपमा क्षति पुगेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु थापाले जानकारी दिनुभयो ।

घर पुरिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित मिति : 18:41