७ असार २०८३, आइतबार | Mon Jun 22 2026

केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएः माधव नेपाल

३ वैशाख, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केहि दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको बताएका छन् ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न बिभिन्न दललाई चेतावनी समेत दिए । अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएको दावी गरे ।

उनले केपी ओलीको अहंकार अलि कति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उल्लेख गरे । त्यस्तै अध्यक्ष नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बिभाजन हुनुपर्ने धारणा राखे ।

अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले पोखरा महानगरमा ८ हजार पार्टी सदस्यहरु रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए ।

प्रकाशित मिति : April 16, 2022 at 8:24 pm