७ असार २०८३, आइतबार | Mon Jun 22 2026

चुनावी प्रचारमा एमालेलाई पछ्याउँदै कांग्रेस, उत्कृष्ट चुनावी गीतलाई २ लाख ७५ हजार दिने

२ वैशाख, काठमाडाैँ । चुनावी प्रचारमा नेपाली कांग्रेसले नेकपा एमालेलाई पछ्याउँदै अघि बढेको छ । एमालेले टिकटकका चुनावी भिडियोका लागि पुरस्कार घोषणा गरेको केही दिनपछि कांग्रेसले पनि उत्कृष्ट चुनावी गीतलाई २ लाख ७५ हजार दिने घोषणा गरेको छ ।

नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो ।

कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिअन्तर्गतको सांस्कृति समन्वय उपसमितिले उत्कृष्ट अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन सकिने जनाएको छ ।

गीतमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताए । उनले त्यसरी छनोट भएको गीतलाई पुरस्कार प्रदान गरिने बताएका छन् ।

प्रकाशित मिति : April 15, 2022 at 7:05 pm