६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

माओवादी बैठकमा प्रचण्डः मागेजति भाग नपाए कांग्रेससँग नै पनि प्रतिस्पर्धा हुनसक्छ


२ वैशाख, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा तालमेल सजिलो नभएको बताएका छन । स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नभएको उनको भनाइ थियो । उनले मागेजति भाग नपाए कांग्रेससँग नै पनि प्रतिस्पर्धा हुनसक्ने अवस्थाका बारेमा पनि जानकारी गराएका छन ।

पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दाबी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताएका थिए । प्रचण्डले कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा गर्ने बताएका छन । प्रचण्डले तालमेल हुन नसके एक्लै चुनाव लड्ने तयारी गर्न नेताहरुलाई अपिल गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १७:५४