ओली नुवाकोट पुगेकै दिन नुवाकोटका एमाले नेता पाण्डे पेरसिडाँडा पुगेर माओवादी प्रवेश
२ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता माधव पाण्डे नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेपाली कांग्रेसका नेतासहितका महत्वपूर्ण नेतालाइ एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली नुवाकोट पुगेकै समयमा एमाले नुवाकोटका प्रभावशाली नेता माधव पाण्डे भने पेरिसडाँडा पुगेर प्रचण्डको हातबाट टीका लगाएर माओवादी प्रवेश गरेका छन ।
दिउँसो ३ बजेपछि भएको पार्टी प्रवेश कार्यक्रममा पाण्डे माओवादी प्रवेश गरेका हुन । उनले १० जना अन्य कार्यकर्ता पनि एमालेबाट लिएर गएका छन । आजै हजारौँको उपस्थितिमा नेकपा एमाले नुवाकोटले बृहद् जनसभा र पार्टी प्रवेशको कार्यक्रम गरेको छ । उनले जिल्ला अधिवेशनदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए ।
बेलकोटगढी १३ का स्थायी बासिन्दा उनको असन्तुष्टि व्यवस्थापनमा पार्टीले ध्यान नदिएपछि उनी हिडेँका हुन । एमालेको जिल्ला नेतृत्वसँग विधि र पारदर्शीताको कुरामा थुप्रै असहमति राखेका उनले बेलकोटगढी नगरपालिकामा मेयर पदमा दाबी गरेका थिए । तर शुक्रबार उनी माओवादी प्रवेश गरेका छन ।
प्रकाशित मिति : April 15, 2022 at 3:31 pm









