१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

माओवादीबाट गाउँपालिकामा विजयी सुदुरपश्चिमका नेता लोकबहादुर साउद एमाले प्रवेश

२ वैशाख, अछाम । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, अछाम जिल्लाको सहईन्चार्ज तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन । बान्नीगढी जयगढ गाउँपालिकामा एक औपचारिक कार्यक्रमकाबीच उपाध्यक्ष साउदसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज झपटबहादुर बोहराले पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ०८:१६