एमाले चितवन राप्ति सम्पर्क मञ्चकाे अध्यक्षमा शैलेस बर्ताैला
१ वैशाख, काठमाडाैँ । नेकपा एमाले चितवन राप्ति सम्पर्क मञ्चकाे अध्यक्षमा शैलेस बर्ताैला चयन भएका छन । बिहीबार भएको भेलाले बर्ताैलाको अध्यक्षतामा २७ सदस्यीय मञ्चको गठन भएको एमाले चितवन काठमाडाैँ सम्पर्क मञ्चका नेता नारायण खनालले जानकारी दिए ।
भेलाले उपाध्यक्षमा जीवन रूवाली र शिवानी मैनाली, सचिवमा शिव गिरी, उपसचिवमा धिरेन गिरी र कोषाध्यक्षमा सन्देश कडेँललाइ चयन गरेको छ । मञ्चको सदस्यहरूमा किरण पाैडेल, रमेश खरेल, अचला पाैडेल भण्डारी, पुष्कर त्रिपाठी, सविन लामिछाने, निर्मल बर्ताैला, जानुका उप्रेती, सुदिप खरेल, प्रविन डल्लाकाेटी, दुर्गा खड्का, कुशल वली, रूपक त्रिपाठी, प्रमिला सिल्वाल, दिपक सापकाेटा, रविना सिल्वाल, राेशन श्रेष्ठ र मेनुका आले चयन भएका छन ।
सम्मेलनकाे उद्घाटन एमाले नेतृ सीता पाैडेलले गरेकी थिइन । सम्मेलनमा राप्ती नगरप्रमुख प्रभा बराल, बाग्मति प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशाेक कुमार ठकुरी सचिव उत्तम पाठक लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : April 14, 2022 at 8:43 pm









