रुपा गाउँपालिकाका अध्यक्ष ओझाले फिर्ता गरे गाडी
१ वैशाख, पोखरा । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । स्थानीय तहको आसन्न निर्वाचनमा उनको नाम एमालेबाट सिफारिस भएको छ । यद्यपी उम्मेद्वारको टुंगो लागेको भने छैन ।
उनले प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानालाई गाडीको चावी हस्तान्तरण गरेका हुन् । निर्वाचनलाई स्वच्छ बनाउनका लागि आफुले सरकारी गाडी प्रयोग नगरेको ओझाले बताए ।
‘रुपमा नेकपा एमालेको तर्फवाट अध्यक्षमा उठ्ने जानकारी गराउँदै आजवाट स्वच्छ निर्वाचनको मर्म र भावनालाइ कदर गर्दै सरकारी गाडी प्रयोग नगर्ने अठोट गरेको छु,’ उनले भने, ‘गाडीको चावी प्रमुख प्रशासकीय अधिकृत समक्ष हस्तान्तरण गरिएको जानकारी गराउन चाहन्छु ।’
जनताको विकासप्रतिको चाहना अझै पूरा गर्न बाँकी रहेकोले आफूले दोहोर्याउन लागेको ओझाको भनाई छ ।

प्रकाशित मिति : April 14, 2022 at 7:36 am









