राप्रपा नेपालले सूर्य चिन्हमा मतदान गर्ने, यस्तो छ एमालेसँगको पाँच बुँदे सहमति
३० चैत, काठमाडाैँ । राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्हमा चुनाव लड्ने भएका छन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालका उम्मेदवारले सूर्य चुन्हमा चुनाव लड्ने सहमति भएको हो ।
बुधबार नेकपा एमालेसँग राप्रपा नेपालको पाँच बुँदे सहमति भएको छ । सहमतिमा एमालेका देवेन्द्र दाहाल र राप्रपा नेपाकाला सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन ।
यस्तो छ सहमतिका पाँच बुँदा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच सम्पन्न सहमति (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बीच आपसी सहकार्यका लागि देहायबमोजिमको २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी सहमति भएको छ :
१. देशभरिका तालमेल संभव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेद्वारउठाउने।
२. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफनो उम्मेदवार नभएका ठाउँहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेद्वारहरुलाई सघाउने । नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेद्वारहरुलाई सघाउने ।
३. नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने । केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने ।
४. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेद्वारहरुले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरु निर्वाचित भएपश्चात् पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने ।
५. हस्ताक्षरकर्ताहरुले सहमति कार्यान्वयनका लागि आ-आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने ।

प्रकाशित मिति : April 13, 2022 at 2:49 pm









