१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

३० चैत, बझाङ । बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामनडाडाका ५० वर्षीय जय बहादुर सार्की रहेका छन् ।

आज बिहान पौने ७ बजे बामनडाडाबाट मौरीबजारतर्फ आउदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय टिर तल सेती नदीमा खसेको थियो । जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ ।

प्रकाशित मिति : April 13, 2022 at 12:25 pm