१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सामाजिक सुरक्षा भत्ता : बैकिङ प्रणालीले दुर्गममा दिएको सास्ती

२८ चैत, मुगु  । सामाजिक सुरक्षा भत्ता बै‌कमार्फत दिने व्यवस्थाले यातायात र सहज बैंककाे पहुँच नभएका क्षेत्रका लाभग्राहीले सास्ती झेल्नुपरेकाे छ । मुगुमा बैकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम आउनु पर्दा ज्येष्ठ नागरिकहरूले सास्ती खेप्नुपरेकाे हाे । ग्रामीण क्षेत्रमा सहजै सडक बाटो यातायातको पहुँच नहुँदा उनीहरू लाई सामाजिक सुरक्षा भत्ता पाउन गाह्राे भएकाे हाे ।

मुगुका चारवटै स्थानीय तहले आफ्नो पायक पर्ने पालिका केन्द्र ज्येष्ठ नागरिक तथा अन्य बालपोषण भत्ता, एकल महिला भत्ता लगायत अन्य सुविधाहरू बैकिङ प्रणालीमार्फत वितरण गरे पनि दुर्गमका नागरिकहरूलाई सास्ती हुने गरेको छ ।

भत्ता पाउन निकै गाह्राे भएकाे छायानाथ रारा नगरपालिका-१३ रुघाकी ७७ वर्षीया नानी लावडले बताइन् । उनी सामाजिक सुरक्षा भत्ता लिन बिहानै घरबाट ज्येष्ठ नागरिक नानी लावडलाई उनका नातिनी ज्वाइँ पारसबहादुर लावडले करिब ३ घण्टा बोकेर सदरमुकाम गमगढी बजारमा रहेको ग्लोवल आईएमई बैंकमा पुर्‍याए । ‘बाटो उकालो, अप्ठयारो पनि छ, फेरि उहाँ दृष्टिविहीन पनि हुनुहुन्छ,’ पारसबहादुरले भने, ‘घरमै गाडी पुगेको भए सहज हुन्थ्यो । बैकिङ प्रणालीले भत्ता लिनै गाह्राे भयाे ।’

प्रकाशित मिति : April 12, 2022 at 2:00 pm