६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

सुनको मूल्य एक लाख नौ सय रुपैयाँ


२९ चैत, काठमाडौँ । सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १२:०७